You are viewing the translated version of जिल्ला समितिको काम, कर्तव्य र अधिकार.
Section 23
जिल्ला समितिको काम, कर्तव्य र अधिकार
ऐनमा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त जिल्ला समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्रयोगमा नियन्त्रण र नियमन गर्ने सम्बन्धमा जिल्ला स्तरीय निकायसँग समन्वय र परामर्श गर्ने,
(ख) तेजाब वा अन्य घातक रासायनिक पदार्थको दुरुपयोग रोक्ने तथा त्यस्ता पदार्थको दुरुपयोगबाट हुन सक्ने हानि नोक्सानी तथा समाजमा पर्न सक्ने नकारात्मक असर सम्बन्धमा भएका कानूनी व्यवस्था समेतका बारेमा स्थानीय तह, गैर सरकारी सङ्घ संस्था तथा सर्वसाधारण समेतको लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने,
(ग) तेजाब वा अन्य घातक रासायनिक पदार्थको नियमन सम्बन्धमा जिल्लाभर भएका काम कारबाहीको अभिलेख राखी विद्युतीय अभिलेखको लागि मन्त्रालयमा लेखी पठाउने,
(घ) मन्त्रालय तथा समितिले समय समयमा दिएका निर्देशनको पालना गर्ने वा गराउने ।